ल्याण्डफिल राखिने वडामा अवसर पनि थपिनेछ: अधिकारी
पाेखरा | मंसिर २७, २०७९
पोखरा महानगरपालिकाबाट जम्मा हुने फोहोर व्यवस्थापन गर्न अहिले ल्याण्डफिल साइटको खोजी भइरहेको छ । नयाँ साइटको खोजीमा अहोरात्र मिहिनेत गरिरहेको महानगरसँग प्रश्न गर्दा ‘अब छिट्टै टुंगो लाग्ने’ रेडिमेड जवाफ पाइन्छ ।
तर रेडिमेड जवाफ हैन काम नै भइरहेको पोखरा महानगर फोहोर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी बताउँछन् । अधिकारीका अनुसार ल्याण्डफिललाई डम्पिङ् साइट भनेर बुझ्दा स्थान चयन हुन नसकेको बताउँछन् ।
प्रशोधन केन्द्र स्थापना गर्न ८० देखि सय रोपनीसम्म जमिन आवश्यक पर्ने महानगरको अनुमान छ ।
हाल भइरहेको जस्तो फोहोर डम्पिङ् गर्ने नभई प्रशोधन केन्द्रकारुपमा ल्याण्डफिल व्यवस्थापन हुने अधिकारीले जनाए । वडा नम्बर ३३ का अध्यक्षसमेत रहेका अधिकारीले धरान र दिल्लीमा अवलोकन गरेर फर्किएपछि सोही अनुसारको व्यवस्थापन गर्ने तयारी भइरहेको दाबी गरेका छन् ।
महानगरले हाल वडा नम्बर २१, २२ र ३३ मा साइट राख्ने प्रारम्भिक निष्कर्ष निकालेर योजना बनाइरहेको छ । ‘फोहोर फाल्ने डम्पिङ् साइट राख्न दिनुहुन्न भन्ने बुझाई छ’ अधिकारी भन्छन् ‘ तर त्यसो होइन, हामी पूर्ण आधुनिक शैलीमा प्रशोधन केन्द्र बनाउँने छौं ।
अधिकारीका अनुसार जहाँ फोहोर प्रशोधन केन्द्र स्थापना हुन्छ त्यस वडामा अवसरहरु पनि उपलब्ध हुनेछ । ‘मुख्य कुरा त त्यस वडामा रोजगार सृजना हुनेछ, त्यहाँ वडाबासीलाई प्राथमिकता दिइनेछ’ अधिकारी भन्छन्, ‘सडक, बाटोघाटोसँगै विकास र पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन हुनेछ ।’
त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको विषय भएकाले प्रदेश र संघबाट पनि उक्त वडामा रकम विनियोजन हुने सम्भावना उत्तिकै रहेको उनको धारणा छ ।
विमानस्थल पोखरा र देशकै गौरवमय योजना भएकाले अब कसैले पनि अनावश्यक खिचलो थाप्न नहुने भन्दै उनले सबै पक्षलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

