जाजरकोट जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने
जाजरकोट | मंसिर २८, २०७९
काठमाडौंँ: जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ।
जाजरकोट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित राजीव बिक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो।
१६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिने प्रदेश सभा सदस्य शाहले बताए।
आफ्नो अनुरोधलाई स्वीकार गरेर आफन्त गुमाएका बालिकाको शिक्षादिक्षाको जिम्मा लिन सहमत भएकोमा शाहले माइती नेपाललाई धन्यवाद समेत दिए। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बुधबार बिहान शाहलाई फोन गरेर पाँच बालिकाको शिक्षादिक्षाको जिमा लिन आफूहरू तयार रहेको जानकारी दिएकी थिइन्।
अभिभावक गुमाएका बालिकाहरूको विवरण शाहसँग माग गरिएको र उपलब्ध भएपछि बाँकी प्रक्रिया अघि बढ्ने माइती नेपालले जनाएको छ। स्थानीय तहसँग समन्वय गरेर छिट्टै माइती नेपाललाई विवरण उपलब्ध गराउने, बाँकी बालबालिका र पीडित परिवारलाई आफूले समेत सक्दो सहयोग गर्ने शाहको भनाइ छ।
सोमबार जाजरकोटको छेडागाड नगरपालिका ४ मा भएको जीप दुर्घटनामा छेडागाडका नौ र दैलेखको भगवतीमाई गाउँपालिकाका तीन जनाको मृत्यु भएको थियो।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

