लेखनाथ महोत्सवको तयारी तीव्र, जनप्रतिनिधिसँग पदाधिकारीको बैठक
पाेखरा | मंसिर २८, २०७९
पोखराः लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको लेखनाथ महोत्सवको १८ औं संस्करणको तयारी तीव्र गतिमा बढिरहेको छ ।
विभिन्न सरोकारवाला र समुहहरुसँग छुट्टाछुट्टै बैठक तथा छलफल गरि १८ औं संस्करणलाई सभ्यभव्य र विगतका महोत्सवभन्दा फरक र व्यवस्थित बनाउन सुझाव संकलन कार्य जारी रहेको अवस्थामा बुधबार मात्र साविक पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ का वडा अध्यक्ष र जनप्रतिनिधिसँग बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
संघका अध्यक्ष एवं लेखनाथ महोत्सव २०७९ का मुलसंयोजक छत्रधर आत्रेयको अध्यक्षतामा बसेको बैठकमा वडाध्यक्षहरुबाट महोत्सवलाई व्यवस्थित बनाउन विगतका कमिकमजोरीलाई सुक्ष्मरुपमा नियमावली नयाँँ गतिविधि तथा प्रविधि प्रदर्शनी अगाडि बढ्नुपर्ने र आफुहरु सधै सकरात्मक रहेको र महोत्सव सफल बनाउन आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘महोत्सव लेखनाथको सँस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

