निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपतिलाई बुझाइने: आयोग

काठमाडाैं | मंसिर २९, २०७९

निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपतिलाई बुझाइने: आयोग

काठमाडौं:   निर्वाचन आयोगले निर्वाचन अन्तिम परिणामको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउने भएको छ। 


प्रमुख आयुक्त दिनेश कुमार थपलियाले  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन  परिणामको अन्तिम प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेश गर्ने बताएका हुन् । 


आयोगका पदाधिकारीले राष्ट्रपति भण्डारीलाई आज बिहान १० बजे भेटेर प्रतिवेदन बुझाउन लागेको हो।


बुधबार पत्रकार सम्मेलनमा थपलियाले भने, ‘आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। ’


निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजाको परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ।


यसैगरी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने कार्यक्रम छ।


प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ। 


प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ८ सय २५ जना निर्वाचित भएका छन्।  निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेशसभातर्फ ५ सय ५० जना उम्मेदवार निर्वाचित भएका हुन्।  


प्रतिनिधिसभातर्फ पुरुष १ सय ८४ र महिला ९१ जना निर्वाचित भए।  प्रतिशतका आधारमा यो पुरुष ६६.९० र महिला ३३.१० प्रतिशत हो।  प्रदेशसभातर्फ भने पुरुष ३ सय ५० र महिला २ सय जना निर्वाचित भएको आयोगको तथ्यांकमा उल्लेख छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्