नेपाल लिटरेचर फेस्टिभलमा गगन थापा आउँदै
पाेखरा | मंसिर २९, २०७९
पोखरा: पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा यस वर्ष कांग्रेस महामन्त्री गगन थापा आउने भएका छन् । फेस्टिभलका दुई सत्रमा उनी वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।
महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद गर्नेछन् । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौं गएका र काठमाडौंमै बसेका व्यक्तिले भोगेको काठमाडौंको समाज एवं यहाँको जनजीवनबारे छलफल हुने फाउन्डेसनले बताएको छ ।
साथै ‘समाजअनुसारका नेता कि नेताअनुसारको समाज ?’ शीर्षक सत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र थापासँग लेखक एवं पत्रकार बसन्त बस्नेतले संवाद गर्ने पनि फाउन्डेसनको भनाइ छ ।
फेस्टिभलमै नेकपा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आउनेछन् । उनले आफ्नो गैरराजनीतिक जीवनबारे पत्रकार अखण्ड भण्डारीसँग चर्चा गर्नेछन् ।
पुस ६ देखि ११ सम्म पोखराको बाराहीघाट, लेकसाइडमा फेस्टिभल आयोजना हुँदै छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

