‘१७ औं प्याब्सन स्पोर्टस मिट’, छैटौं पटक टप्स माविलाई उपाधी
पाेखरा | मंसिर २९, २०७९

पोखराः ‘१७ औं प्याब्सन स्पोर्टस मिट’को उपाधि टप्स माविले जितेको छ ।
निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित प्याब्सन स्पोर्टस मिटमा सर्वाधिक पदक जितेर टप्स च्याम्पियन हुँदै उपाधि जितेको हो । यो सहित प्याब्सन स्पोर्टस मिटमा लगातार ६ पटक च्याम्पियन हुँदै दोश्रो पटक ट्रफी माथि कब्जा जमाएको छ ।
फुटबल
गत मंसिर २० गते देखि सञ्चालन भएको १७ औं प्याब्सन स्पोर्टस मिटमा सम्पन्न मावि सिनियर फुटबलको उपाधि भने स्नो भ्यूले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा स्नो भ्यूले शान्तीदिप माविलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । टिमलाई उपाधि दिलाउन ६३ औं मिनेटमा दृष्य पुनले एक मात्र गोल गरे । उनी सिनियरतर्फको उत्कृष्ट खेलाडी घोषित भए ।
मावि सिनियरतर्फको फुटबलमा मेरी गोल्ड मावि तेश्रो भएको छ । मेरी गोल्डले बालोदयलाई २–१ गोलले पराजित गर्दै तेश्रो भएको हो । मेरी गोल्डका लागि मिलन फगामी र गणेश भट्टचनले गोल गरे भने एक गोल नारायण गिरीले बालोदयका लागि फर्काए ।
त्यस्तै जुनियरतर्फ फुटबलको च्याम्पियन भने इडेन मावि भएको छ । इडेन र रेन्वो एकेडेमीका विच भएको फाइनलमा दुवै टिमले निर्धारित समयमा १–१ गोल गरे पछि खेलको नतिजा टाइ व्रेकरमा पुगेको थियो । निर्धारित इडेनका लागि सुभाष गुरुङ र रेन्वोका लागि अनुप पौडेलले गोल गरेका थिए । टाइब्रेकरमा ३–२ ले पराजित गर्दै इडेन च्याम्पियन बनेको प्याब्सन कास्कीले जनाएको छ ।
यसै गरी जुनियर तर्फ बेसलाईनले कुमुदिनीलाई १–० गोलले पराजित गर्दै तेश्रो स्थान हात पार्न सफल भयो । उक्त खेलमा बेसलाइनका लागि खालिद मियाँले गोल गरेका थिए । जुनियरतर्फ फुटबलमा इडेनका सुभाष गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
भलिबल छात्र
प्याब्सन स्पोर्टस मिटमा बुधबार सम्पन्न छात्र माविको फाइनल खेलमा सिर्जना माविले न्यू मोडललाई २५–१८, २५–११, २३–२५ र २५–२२ ले खेल जित्दै उपाधि जितेको छ ।
त्यसै गरी कक्षा ११–१२ (प्लस टु) छात्रतर्फ गुरुकुल माविले फाइनल खेल जितेको छ । गुरुकुलले सिर्जनालाई २५–२१, २५–१८ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो ।
मवि छात्रतर्फ न्यू मोडलका सुशान्त सिंह ठकुरी र छात्र मावितर्फ टप्सकी सम्पदा गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
एथलेटिक्स
स्पोर्टस मिट अन्तर्गत सम्पन्न भएको एथलेटिक्स मावि छात्रतर्फ टप्स मावि च्याम्पियन हुँदा बेथानी दोश्रो र लिटिल स्टेप मावि तेश्रो भएको छ । त्यसै गरी मावि छात्रातर्फ टप्स मावि प्रथम, बेसलाइन दोश्रो र प्रगती मावि तेश्रो भएको छ ।
एथलेटिक्स प्लस टुतर्फ प्रतिभा मावि प्रथम, स्नो भ्यू द्वितिय र सिर्जना मावि तृतिय भएका छन् ।
एथलेटिक्स छात्रतर्फ टप्सका ओमित गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदा छात्रातर्फ टप्सकै सविना खातुन मियाँ उत्कृष्ट बन्न सफल भइन् ।
बुधबार पोखरा रंगशालामा एथलेटिक्स ट्रयाक एण्ड फिल्डतर्फका खेलहरु सम्पन्न भएका छन् । मावि छात्रतर्फ १५०० मिटर दौडमा टप्सका ओमित गुरुङ पहिलो, लिटिल स्टेपका मिलन नेपाली दोश्रो र ढुङ्गे साँघु माविका सुमन गुरुङ तेश्रो भए । एथलेटिक्स ४०० मिटरतर्फ बेथानीका सुरज गुरुङ पहिलो, सिर्जनाका आयूष खड्का दोश्रो र विएमजीका स्वपनिल कार्की तेश्रो हुन सफल भए ।
मावि छात्रातर्फ ४०० मिटर दौडमा टप्सकी सविना खातुन मियाँ पहिलो, प्रगतीकी पृया सेवा दोश्रो र सगरमाथाकी अनुष्का अधिकारी तेश्रो भइन् ।
रिले १०० मिटर छात्रतर्फ टप्स मावि पहिलो, शान्तिदिप मावि दोश्रो र नेशनल इन्भेन्टिभ तेश्रो भएका छन् भने छात्रतर्फ टप्स, फिसटेल र सोसल पव्लिक बmमश पहिलो, दोश्रो र तेश्रो भएका छन् ।
विजयी खेलाडीहरुलाई प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुङ्गाना, केन्द्रिय सल्लाहाकार गणेशमान सिंह भण्डारी, केन्द्रिय उपाध्यक्ष द्वय बिर बहादुर बुढाथोकी र कृष्ण केसी, प्याब्सनका केन्द्रिय सदस्य प्रेम शर्मा लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको समापन अवसरमा बोल्दै राष्ट्रिय अध्यक्ष ढुङ्गानाले नेपालको समग्र शिक्षाको विकासका लागि निजि विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नै दक्ष जनशक्ती उत्पादन संगै सामुदायिक विद्यालयहरुको विकासमा समेत प्रेरणादायी भूमिका खेलेको दावी गरे ।
अध्यक्ष ढुङ्गानाले शिक्षा संगै खेलकुदको विकासका लागि नेपालमा खेलकुद विश्व विद्यालयको स्थापनका लागि समेत प्याव्सनको तर्फबाट सुझावहरु पेश गरिएको बताउँदै खेलकुद मार्फत समेत राष्ट्रिय पहिचान र व्यवसायिक खेलाडी उत्पादनमा समेत भूमिका रहेको बताए ।
सो अवसरमा १७ औं प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने र प्याब्सन कास्कीका सचिव पूष्पराज पराजुलीले स्पोर्टस मिट सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
७ औं प्याब्सन अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको थियो । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता रहेको थियो ।
कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालय र कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो ।
१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च भएको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको १७ औं प्याब्सन स्पोर्टस मिट प्रचार समितिका संयोजक डिल्लिराम अर्याले जानकारी दिए ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...