प्रधानसम्पादक पाठक पुरस्कृत

बाग्लुङ | पुस २, २०७९

प्रधानसम्पादक पाठक पुरस्कृत

बागलुङः    राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाद्वारा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । महासङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा प्रधानसम्पादक पाठकलाई आज यहाँ पुरस्कृत गरिएको हो । 


प्रधानसम्पादक पाठकलाई उक्त पुरस्कार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले एक समारोहबीच प्रदान गर्नुभयो । पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष एवं पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतमले आमा नन्दकली र बुबा हरिलालको सम्झनामा २०६६ सालमा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तिलाई हौसला प्रदान गर्न सो पुरस्कार स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।


यसैगरी रासस समाचारदाता रामबहादुर थापा, पत्रकार सिर्जना पन्त, सरोजराज पन्त र सज्जनकुमार सिंहलाई हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुस्कार प्रदान गरिएको छ । पत्रकार भाषा शर्मा र गणेश पौडेललाई ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’ तथा राजेशचन्द्र राजभण्डारीलाई ‘टीकाधना पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ । व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफ्नो बुबा नारायणप्रसाद र आमा हरिलक्ष्मीको स्मृतिमा २०७३ सालमा उक्त पुस्कार स्थापना गर्नुभएको हो ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्