गाउँपालिकाका अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं | पुस ३, २०७९

गाउँपालिकाका अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाका तल्कालीन अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।


तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह लामा,प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने,कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालकसहित ७ जनाविरुद्ध आइतबार भ्रष्टाचार मु्द्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डाले जानकारी दिएका छन्।


प्रवक्ता भण्डारीका अनुसार उनीहरुले व्यवसायीसँगको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेकाले सातैजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।


घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको  छ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्