तमु धिं नेपालले विविध कार्यक्रमसहित ल्होछार मनाउने
कास्की | पुस ३, २०७९
पोखरा: तमु समुदायको महान चाड, नयाँवर्ष तमु ल्होछार तमु धिं नेपालले विविध कार्यक्रम गरी मनाउने भएको छ।
बाह्रवटा ल्हो(वर्ग)हरु मध्ये यसवर्ष तो ल्हो(बाघ वर्ग)को विदाई र हि ल्हो(बिरालो वर्ग)को आगमनको अवसरमा पुस १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गर्ने भएको हो। १४ र १५ गते तमु धिं नेपालले विविन्न समाजहरुसहित र १६ गते तमु धिं नेपाल र तमु प्ये ल्हु संघ केन्द्रिय समितिको मुख्य आयोजनामा पोखरामा बृहत शुभकामना र्यालीसहित अमरसिंहचौरमा विशेष कार्यक्रम गर्ने बताइएको छ।
तमु धिं नेपालले पुस १४ गते बेलुका हि ल्हो(बिरालो वर्ग)लाई स्वागतका निम्ती पोखरा १७ विरौटास्थित तमु ह्युलचोकमा दिप प्रज्वलनसहित जलपान र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, पुस १४ गते राती १२ बजे हि ल्होलाई स्वागतका लागि तमु प्ये ल्हु संघ फलिना क्होइबोमा बोनफायरमा सहभागी हुने भएको छ।
यसरी नै पुस १५ गते बिहान पल टासि छ्योएलिङ गोपाल गुम्बा, बौद्ध अर्घौ सदन रामघाट गुम्बा र फलिना क्होइबोमा पुजा, ग्रहशान्ती, पितृका नाममा बत्ती बाल्ने, रिप लगाउने, गुरु खेगीहरु र मान्यजनहरुसँग आर्शिवाद ग्रहण गर्ने कार्यक्रम तय गरेको छ। यसरी नै दिनको १ बजे तमु धिं नेपालमा शुभकामना आदानप्रदान, सम्मान एवम पुरस्कार वितरण, विविध साँस्कृतिक कार्यक्रम, गुरुङ संग्रहालय उदघाटनसँगै स्योकैं आयोजना गरिएको तमु धिं नेपालले जनाएको छ।
यसरी नै हि ल्हो आगमनको अवसरमा तमु धिं नेपाल केन्द्रिय समिति र तमु प्ये ल्हु संघ केन्द्रिय समितिको मुख्य आयोजनामा सम्पुर्ण तमु समाज, संघ संस्थाहरुको सहभागीतामा पुस १६ गते महेन्द्रपुलबाट शुभकामना र्याली शुरुभई चिप्लेढुंगा–न्युरोड–सभागृहचोक–लखनचोक–बुद्धचोक हुदै अमरसिंहचौमा विशेष कार्यक्रम गरिने बताइएको छ। उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, नवनिर्वाचित सांसदहरुलाई बधाई सम्मान, विशेष साँस्कृतिक कार्यक्रम र छेलो प्रतियोगिता गरिने भएको छ।
हि ल्हो तमु ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै उक्त तिनदिने कार्यक्रमहरुमा सहभागिताका लागि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आग्रह समेत गर्नुभएको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

