धनगढीमा नेपथ्यको छैटौँ कन्सर्ट

धनगढी | पुस ४, २०७९

धनगढीमा नेपथ्यको छैटौँ कन्सर्ट

धनगढी:   ‘मानवताका लागि सङ्गीत’ नारासहित देश भ्रमणमा रहेको नेपथ्यले आइतबार धनगढीमा छैटौँ कन्सर्ट गरेको छ । ‘मानवताको लागि संगीत’ नारा बोकेर देशभर भ्रमण गरिरहँदा आइतबार धनगढीमा कन्सर्ट गरेको हो ।


द्वन्द्वकालमा बाहिरका मानिस आउन सङ्कोच मान्दा पनि बारम्बार यस भेगमा आइ गीत सुनाउने नेपथ्यको चीर परिचित ध्वनि आइतबार बेलुकी फेरि यहाँस्थित रंगशालामा फैलिँदा हजारौँ दर्शकहरूको उत्साह मिश्रित आवाजले पर–परसम्म प्रभाव फैलिरहेको देखिन्थ्यो ।


सुरुमा दुई वटा म्युजिक भिडियो देखाउनासाथ मञ्चमा चढेको नेपथ्य टोलीले ‘आँगनैभरि’ बाट धनगढीमा आफूलाई प्रारम्भ गर्‍यो । दोस्रो गीत थियो ‘भेडाको ऊनजस्तो’ । यो गीतबाटै मैदानमा नाचिरहेका दर्शकहरुबीच तापक्रम उच्च भइसकेको थियो भने त्यसलाई निरन्तरता दिँदै ब्यान्डले ‘छेक्यो छेक्यो’ सुनाएको थियो । ब्यान्डले सर्वकालिक हिट गीत प्रस्तुत गर्दा धनगढीले व्यापक स्वागत गरेको थियो । 


त्यसपछि श्रोता दर्शकहरूलाई स्वागत गर्दै गायक अमृत गुरुङले ‘लाम्पाते सुरती’, ‘चरी मर्‍यो’ र ‘जोमसोमे बजारमा’ प्रस्तुत गरिएको थियो । ‘नेपालभरि म जहाँ पुगेँ त्यहाँ सुन्दरता पाएँ’, अमृतले थपे, ‘अब यो कैलालीजस्तै अर्को राम्रो ठाउँ रुकुमतिर लैजान्छु ।’


यसो भनेपछि उनले पछिल्लो समय नेपथ्यले तयार पारेको अर्कै लोकप्रिय गीत ‘शिरफूल शिरैमा’ गाएर सुनाएका थिए । कन्सर्टको अन्त्य नेपथ्यले ‘गाउँ गाउँबाट उठ’ गीतबाट गरेको थियो । कन्सर्टमा गायक गुरुङलाई मञ्चमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्