गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि २ लाख, मनाङबाहेक १० टिमको सहभागिता हुने
पाेखरा | पुस ४, २०७९
पोखराः गण्डकी प्रदेश भलिबल संघले पोखरामा आयोजना गर्नै प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । संघले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
पुष ६ देखि १० गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा सञ्चालन हुने गण्डकी प्रदेश स्तरीय स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकीका १० जिल्लाको सहभागिता हुने संघका महासचिव टहलसिंह थापा मगरले बताए ।
‘पुष २४ देखि काठमाडौंमा एनभिए कप र माघ ८ देखि पोखरामा टाइगर कपलाई मध्यनजर गर्दै गण्डकी प्रदेशका जिल्लाबाट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरेका हौं, महासचिव थापामगरले भने, ‘पत्राचार ११ जिल्लालाई नै गरेका हौं, मनाङबाट उपस्थित नहुने खवर पाएका छौं मनाङ बाहेक १० जिल्लाको सहभागिता रहन्छ ।’
उनका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न ३१ लाख १० हजार रुपैयाँ खर्च हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । गण्डकी प्रदेशका मुस्ताङ, पर्वत, बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहनेछ । आयोजकले प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनल खेलमा २ सय बाँकी खेलमा १ सय रुपैयाँ टिकटको दर कायम गरेको छ ।
उनले प्रतियोगिताबाट संकलित रकमले खेलाडीहरुलाई लक्षितगरि महिला तथा पुरुष भलिबलको एकेडेमी स्थापना गर्ने लक्ष्य लिएको बताएका थिए ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

