फाइनलपछि एमबाप्पेको भावुक सन्देश – ‘वी विल बी ब्याक’
पाेखरा | पुस ५, २०७९
विश्वकपको उपाधि चुम्न अर्जेन्टिना बाधक बनेपछि कुनै प्रतिक्रिया नजनाएका फ्रेञ्च स्ट्राइकर किलियन एमबाप्पेले अन्ततः मौनता तोडेका छन् ।
एमबाप्पेले ट्वीट्मार्फत् ‘वी विल बी ब्याक’ अर्थात् हामी फेरि आउनेछौं भनेका छन् । उनको भनाई अनुसार फ्रेञ्च टोली आगामी विश्वकपकालागि पुनः तयार हुनेछ ।
एमबाप्पेले फाइनलमा ह्याट्रिक गरेपनि टाइब्रेकरमा देशलाई जिताउन सकेनन् । विश्वकपको फाइनल इतिहासमा सन् १९६६ मा बेलायती खेलाडी जिओफ हस्र्टपछि एमबाप्पेले ह्याट्रिक गरेका हुन् ।
अर्जेन्टिनासँग निर्धारित र थप समयमा ३–३ बराबरीपछि टाइब्रेकरमा ४–२ को गोल अन्तरले फ्रान्स उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

