नेप्से सूचक ५ अंकले घट्यो

काठमाडाैं | पुस ६, २०७९

नेप्से सूचक ५ अंकले घट्यो

काठमाडौं:    लामो समयको अन्तरापछि मंगलबार १४ अंकले बढेको नेप्से सूचक बुधबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८९ अंकले घट्दै १८६७.२२ अंकमा झरेको हो । 


यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.३१ अंकले घट्दै ३६५.३४ अंकमा झरेको छ । आज बैंकिङ समूह बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२७ प्रतिशत) ले मात्र वृद्धि भएको छ ।


५.८९ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत ८६ करोड ३८ लाख १६ हजारमा खुम्चिन पुगेको छ । सबैभन्दा बढी आज एनआईसी एशिया बैंकको ११ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको ६६७ कित्ता सेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड ९५ लाख ८ हजार ९१५ रुपैयाँ बराबरको ८०७ कित्ता सेयर कारोबार भएको छ । 


आज आधिखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनिहरुले १० प्रतिशतले कमाएका छन् भने श्रीजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनिहरुले ९.९९ प्रतिशतले कमाएका छन् । 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्