१५ औं हिसान स्पोर्टस मिटः भलिबल र बास्केटबलका खेल सुरु
पाेखरा | पुस ६, २०७९
पोखराः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट अनौपचारिक रुपमा बुधबारबाट सुरु भएको छ ।
स्पोर्टस मिट अन्तर्गत पोखरा रंगशालामा आजबाट छात्र–छात्र भलिबल र बास्केटबलका खेलहरु सुरु भएको हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिएका हुन् । प्रतियोगिता अन्तर्गत छात्र भलिबल प्लस टु लेभलतर्फ तर्फ पहिलो दिन ९ र छात्रातर्फ ८ खेल सम्पन्न भएको भलिबल खेलका संयोजक किरण सापकोटाले जनाएका छन् ।
प्लस टु छात्र भलिबलमा ग्लोबलले साइनिङ स्टारलाई, सबलाइमले न्यू लाइटलाई, सिर्जनाले पोखरा आदर्शलाई, सगरमाथाले जुनियर सिटिजन एकेडेमीलाई, डायमण्डले शिसुनिकेतनलाई सोझो २–० सेटमा पराजित गरेका छन् । त्यसै गरी हाभर्डले पिकेजीलाई, भाष्करले रत्नज्योतीलाई पश्चिमाञ्चलले मदरल्याण्डलाई, न्यू मोडलले गुरुकुललाई यूनिभर्सले लिटिल फ्लावरलाई पराजित गर्न सफल भएको संयोजक सापकोटाले जानकारी दिए ।
यसै गरी प्लस टु छात्रातर्फ माउन्ट अन्नपूर्णले यूनिभर्सलाई, रत्नज्योतीले लिटिल स्टेपलाई, त्रिवेणीले बालोदयलाई, डायमण्डले पोखरा आदर्शलाई पराजित गरेका छन् ।
प्रतियोगिता अन्तर्गतनै बुधबार पहिलो दिन प्लस टु छात्रा बास्केटबलका पहिलो चरणका ८ खेलहरु सम्पन्न भएको बास्केटबल प्रतियोगिता संयोजक खिम गुरुङले बताएका छन् । प्रतियोगिता अन्तर्गत केफले वेलननलाई ४०–० ले, पोखरा आदर्शले त्रिवेणीलाई २२–० ले, न्यू ग्यालेक्सीले मनकामनालाई १८–७ ले, ग्लोबलले सगरमाथालाई १८–४ ले, भाष्करले डायमण्डलाई ३५–२ ले, प्रतिभाले माउन्ट अन्नपूर्णलाई २८–४ ले, मेरी गोल्डले कास्की मोर्डनाइज्डलाई २२–१८ ले र जेसिएले सवलाइमलाई १४–८ को स्कोरले पराजित गरेका छन् ।
शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउन स्पोर्टस मिटको आयोजना गरिएको हिसान कास्कीले जनाएको छ । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् ।
१५ औं हिसान स्पोर्टस मिटको पुष ७ गते गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए । १५ औं हिसान स्पोर्टस मिट सम्पन्न गर्न डा.रामजी शर्माको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।
हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहने छ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहने संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।
यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ भने सिंगल्स र डब्ल्स गरी कुल १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ । यस्तै टेबुल टेनिसतर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ । टेबुल टेनिसतर्फ सिंगल्स र डब्ल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
पौष १० गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ६९ मध्ये ५१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

