शनिबार राति लेकसाइडमा नयाँबजार र बिरौटाका समूहबीच भएकाे विवाद के हाे ?

पाेखरा | पुस ७, २०७९

शनिबार राति लेकसाइडमा नयाँबजार र बिरौटाका समूहबीच भएकाे विवाद के हाे ? सांकेतिक तस्बिर


गत शनिबार पोखराको लेकसाइडस्थित रोलिङ् स्टोन रक बारमा दुई पक्षबीच सामान्य निहुँमा झडप भएको छ । 

 

डान्सफ्लोरमा नाचिरहेकोबेला एकापसमा ठोक्किने क्रममा विवाद बढेपछि केही समय स्थिति असमान्य भएको रोलिङ् स्टोन स्रोतले बताएको छ । बिरौटाका एक युवा नयाँबजारको समूहसँग ठोक्किएपछि भनाभन भएको र पछि उनीमाथि कुटपिट भएको हो । 

 

बिरौटाका युवा ९ जनाको समूहमा रहेको र नयाँबजारको समूह ठूलो रहेको बताइएको छ । भनाभनकैबीच नयाँबजारको समूहले बियरको बोत्तलले प्रहार गर्दा बिरौटाका २ जना घाइते भएका छन् । 

 

स्थितिलाई नियन्त्रणमा लिन बारका बाउन्सरले एक समूहलाई बाहिर निकालेको थियो । झडपबाट बारमा कुनैपनि क्षति नभएको सञ्चालक रोशनजंग कार्कीले बताए । 

 

‘खासै ठूलो घटना होइन, र हाम्रो भौतिक क्षति भएको छैन’ सञ्चालक कार्कीले भने ‘हामी हाम्रो ग्राहकको सुरक्षामा सचेत छौं ।’

 

बारबाट एक समूहलाई बाहिर निकालेको खबर प्रहरीमा पुगेपछि वडा प्रहरी कार्यालय बैदामले स्थिति नियन्त्रणमा लिएको थियो । यस विषयमा अहिले बैदामका डिएसपी युवराज भण्डारीको रोहबरमा छलफल भइरहेको छ । 

 

यस्तै, दुबै समूहले गल्ती स्वीकार्दै एकापसमा मेलमिलाप कायम गर्ने नीति अपनाउने जनाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्