लामिछानेको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन
काठमाडाैं | पुस ७, २०७९
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद निरुपण भइनसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रुपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन दर्ता भएको छ ।
समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले बिहीबार रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदको शपथ नगराउन मागसहित निवेदन दिएका हुन् ।
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निवेदक सफलले रवि लामिछाने उम्मेदवार बन्दा नै निजले अमेरिकी नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनर्प्राप्ति नगरी पुरानै नागरिकता पेस गरी उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगमा नवराज पाण्डे लगायतले उजुरी दर्ता गरेकोमा आयोगले सो उपर कुनै छानबिन नगरी निर्वाचन लड्न दिएको जिकिर गरेका छन् ।
गृह मन्त्रालयमा रवि लामिछानेले पुरानो नागरिकता पुनर्प्राप्ति नगरी प्रयोग गरेको, अमेरिकी नागरिक कायम भएकै बखत झुटो विवरण पेस गरी नेपाली राहदानी लिएको लगायत विषय समेटी उजुरी दर्ता गरी नेपाल प्रहरीले फौजदारी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको अवस्था रहेको पनि उनले निवेदनमा उल्लेख गरेका छन् ।
‘निर्वाचन आयोगमा समेत म युवराज सफलले निजको पार्टी सदस्य र पार्टी सभापति पद समेत खारेज गर्न प्रमाण सहित उजुरी दर्ता गरेको छु,’ निवेदनमा उनले भनेका छन्, ‘यस्तै सर्वोच्च अदालतमा मिति २०७९ मंसिर २८ गते निजको सांसद पद, पार्टीको सभापति पद समेत खारेज गर्न माग गरी म युवराज पौडेल सफलले एकल र अधिवक्ताद्वय रविराज बसौला र नानिबाबु खत्रीले संयुक्त रुपमा रिट निवेदन दर्ता गरी मिति २०७९ पौष ०६ गतेका दिन प्रारम्भिक सुनुवाई भई दुवै पक्षलाई छलफलमा झिकाइने आदेश समेत भइसकेकोले निज रवि लामिछानेलाई सपथ नगर्न नगराउन प्रतिनिधिसभा नेपालका ज्येष्ठ सदस्य सम्माननीय पशुपति शमशेर (जवरा) र संसद महासचिव श्रीमान् भरतराज गौतमज्यू समक्ष यो निवेदन पेस गर्दछु ।’

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

