उपाधि दावेदार स्याङ्जा सेमिफाइनल प्रवेश

बागलुङ र नवलपुरको लिग चरणको अन्तिम खेल बाँकी

पाेखरा | पुस ८, २०७९

उपाधि दावेदार स्याङ्जा सेमिफाइनल प्रवेश

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको जिल्ला भलिबल स्याङ्जा सेमिफाइनल प्रवेश गरेको छ । 

 

गण्डकी प्रदेश भलिबल संघको आयोजनामा भइरहेको प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा समूह ‘ख’ को विजेता बन्दै जिल्ला भलिबल संघ स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो । 


स्याङ्जाले लिगचरणको  खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै समूह ‘ख’ को विजेता बन्दै स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो । स्याङ्जाले तनहुँलाई १८–२५,२५–१२, २५–१९, २५–१७ र १५–११ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 


यस्तै समूह ‘ख’ बाट उपविजेता बन्दै जिल्ला भलिबल कास्की सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ख’मा स्याङ्जाको ८ अङ्क र कास्कीको ६ अङ्कका साथ सेमिफाइनल प्रवेश गरेको गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापा मगरले बताए । 


समूह ‘क’ तर्फको नवलपुर र बागलुङ पनि एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । 


जिल्ला भलिबल संघ बागलुङ र नवलपुरको लिग चरणको अन्तिम खेलमा रात परेपछि खेल अवरुद्ध भएको थियो । समूह ‘क’बाट बागलुङ र नवलपुर सेमिफाइनल प्रवेश गरेपनि समूह विजेताको अन्तिम टुङ्गो लगाउन लिग चरणको अन्तिम खेल भोलि (शनिबार ) हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । 


आज भएको अन्तिम खेलमा जिल्ला भलिबल संघ नवलपुरले पर्वतलाई ३–२ को सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । नवलपुरले पवर्तलाई २३–२५, २५,१९, १९–२५, २५–१५ र १५–१३ को अङ्कले पराजित ग¥यो । 


समूह ‘क’ मा बागलुङ ९ अङ्क सहित शिर्षस्थान छ भने नवलपुरको ८ अङ्क छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ । 


प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् । 


गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ । 
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्