सम्झनामा रहिन् एयरहोस्टेज ‘कृष्मी थापा’ (तस्वीरहरु)
मुस्ताङ | जेठ १६, २०७९
मुस्ताङ: तारा एयरको जहाज दुर्घटना हुँदा अहिलेसम्म १४ जनाको शव फेला परेको छ । तर उनीहरुको सनाखत भने हुन सकेको छैन ।
मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान भेटिएको थियो ।
आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाईलट उत्सव पोख्रेल एयरहोस्टेज कृष्मी थापा गरि ३ जना चालक दलमा रहेका थिए । भने १९ यात्रुमध्ये २ जर्मनी नागरिक, ४ भारतीय नागरिक र १३ जना नेपाली यात्रु रहेका थिए ।
सो मध्ये गोरखाको एकै परिवारको ४ जना र धनुषाको एकै परिवारको ७ जना विमानमा रहेको पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म कुल १४ जनाको शव फेला पारिएको छ भने अन्यको खोजीकार्य तिव्र पारिएको नेपाली सेनाले जनाएको छ ।
उक्त दुर्घटनामा परि ज्यान गुमाएका एयरहोस्टेज कृष्मी थापा अब सम्झनामा मात्रै रहेकी छिन् । विगत ५ वर्षदेखि तारा एयरमा काम गर्दै आएकी कृष्मीको अर्काे नाम ‘मनिषा’ पनि हो । जुन सामाजिक सञ्जाल फेसबुकमा देखिन्छ । थापा फुटबलप्रेमी मात्र नभई क्रिस्टियानो रोनाल्डोको सर्मथक समेत रहेकी थिइन् ।
सम्झनामा रहेकी स्याङ्जाकी २६ वर्षिया एयरहोस्टेज कृष्मीथापाको तस्वीरहरु:-







काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...
चितवन: चितवनमा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमु...

