लिग चरणको अन्तिम खेलमा बागलुङ विजयी, उपाधि दावेदार स्याङ्जा र नवलपुर सेमिफाइनलमा भिड्दै
पाेखरा | पुस ९, २०७९

पोखराः पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएका जिल्ला भलिबल स्याङ्जा र नवलपुर सेमिफाइनल खेल्ने भएका छन् ।
समूह ‘क’ लिग चरणको अन्तिम खेलमा जिल्ला भलिबल संघ बागलुङले नवलपुरलाई ३–२ को सेटमा पराजित गरेपछि समूह ‘क’को उपविजेता बन्दै सेमिफाइनलमा स्याङ्जा र नवलपुरको भेट पक्का भएको हो ।
पोखरा रगंशाला भलिबल कोर्टमा आज (शनिबार) बिहान भएको लिगचरणको अन्तिम खेलमा जिल्ला भलिबल संघ बागलुङले नवलपुरलाई ३–२ को सेटमा पराजित गरेको हो । बागलुङले नवलपुरलाई २२–२५, २५–२१,२५–२०, २३–२५ र १५–७ अङ्कले पराजित गरेको थियो ।
गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङ र कास्की र दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र नवलपुरको बिच हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघका सदस्य र उनीहरुका परिवारले स्वास्थ्य प्रयोगशालामा छुट पाउने भएका छन् । संघ र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)बिच पाँच वर्षसम्म रगतसहितका जाँचमा ३५ प्...
पोखरा: पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...
पोखरा: पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । ...