बुद्ध एअरका संस्थापक बस्नेतको निधन
काठमाडाैं | पुस १०, २०७९
काठमाडौंः पूर्व मन्त्री एवम् बुद्ध एअरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बुद्ध एअरले आज विज्ञप्ति निकालेर बस्नेतको निधन भएको जनाएको हो ।
भोजपुरको दिङ्गला साल्मामा १९८४ साल साउन २७ गते जन्मिएका बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएलबी अध्ययन गरी सरकारको विभिन्न उच्च पदमा रहेर काम गर्नुभएको थियो ।
उहाँ सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत हुनुभएको थियो । उहाँले ७० वर्षको उमेरमा बुद्ध एअर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत् जोड्ने कार्यको सुरूवात गर्नुभएको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

