बालेन्द्रले लिए सपथ
काठमाडाैं | जेठ १६, २०७९
काठमाडौं: काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
स्वतन्त्र रुपमा चुनाव लडेर मेयर पद जितेका बालेन्द्र साह (बालेन) लाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ ग्रहण गराए । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि बालेनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए ।
बालेनले शपथ ग्रहण गरिसकेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराए । बालेनले नेपाली भाषामा शपथ ग्रहणको व्यहोरा वाचन गरे पनि सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरिन् । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।
अरु जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गर्दै फूलमाला लगाइदिए पनि बालेनले भने माला लगाएनन् । शपथ ग्रहण समारोह स्थल राष्ट्रिय सभागृहको प्रमुख आकर्षणको केन्द्रका रुपमा बालेन्द्रलाई लिइएको थियो ।
उनी दौरा सुरुवाल र कालो भादगाउँले टोपी लगाएर शपथ ग्रहण समारोहमा पुगेका थिए । हलमा उनका पक्षमा समर्थकहरुले नारा समेत लगाएका थिए ।
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...
पोखरा: ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक र विभिन्न उपसमितिहरु गठन गरी तयारी ...

