बुटवलका डिएसपी ठगबहादुर केसी प्रहरीको नियन्त्रणमा

पाेखरा | पुस ११, २०७९

बुटवलका डिएसपी ठगबहादुर केसी प्रहरीको नियन्त्रणमा

पोखराः   जिल्ला प्रहरी कार्यालय कास्की  आउन लागेका डिएसपी ठगबहादुर केसी प्रकाउ परेका छन् । 

 

अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीको अनुसन्धान टोलीले  नियन्त्रणमा लिएको हो । 

 

डिएसपी केसीलाई भर्खर जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको थियो । कास्कीका डिएसपी सुन्दर तिवारी सरुवा भएपछि केसी आउने तयारी थिए। सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

 

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो। डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

 

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई आउने तयारी थिए।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्