कांग्रेसबाट निर्वाचित मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बित
पाेखरा | पुस १२, २०७९
पोखराः नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ। उहाँलाई सङ्घीय संसद् सचिवालयले मङ्गलबार सूचना जारी गर्दै निलम्बन गरेको हो।
सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गर्नुभएको सूचनामा सो कुरा उल्लेख छ। गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर छ । उहाँविरुद्ध २०७५ माघ माघ २१ गते विशेष अदालतमा दायर भएको भ्रष्टाचारसम्बन्धी मुद्दा किनारा लागेको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ) ले राष्ट्रसेवकविरुद्ध दायर भएको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार गुरुङको प्रतिनिधि सभा सदस्य पद निलम्बन भएको सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

