गण्डकी प्रदेशका ज्येष्ठ सांसद मित्रलालले लिए सपथ (तस्बिरहरु)
पाेखरा | पुस १३, २०७९
पोखरा: गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका छन् ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम आज ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई सपथ ग्रहण गराएका हुन् ।
आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका गण्डकी प्रदेश सांसद बस्यालले भोलि (बिहिबार) गण्डकी प्रदेशका अन्य सांसदहरुलाई प्रदेश सभा भवनमा पद तथा गोपनीयताको सपथ खुवाउनेछन् ।
गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्यका रुपमा सपथ ग्रहण गरेका बस्याल पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित भएका थिए ।

गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७ ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो ।
त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ । २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र ९राप्रपा० पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ ९दीपक मनाङे० लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।
तस्बिर: अर्जुन (सुशान्त) गाहा मगर








काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

