आहा ! रारा पोखरा गोल्डकपः नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब भिड्दै

पाेखरा | पुस १५, २०७९

आहा ! रारा पोखरा गोल्डकपः नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब भिड्दै

पोखराः  २२ औं संस्करणको आहा  रारा पोखरा गोल्डकपमा आज (शुक्रबार) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब बिच प्रतिस्पर्धा हुदैछ । खेल आज दिउसो २ बजे पछि पोखरा रंगशालामा हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।


आज हुने खेलमा दुवै टोलि विजय हुँदै क्वाटरफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् । आजको विजेता टोलिले मछिन्द्र क्लबसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलि बाहिरिने छ । 

 

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आयोजना भइरहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।


प्रतियोगितामा  साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

 

हिजो भएको पहिलो खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । 


प्रतियोगितामा विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन्।


प्रतियोगिता अवलोकनका लागि आउने दर्शका लागि सामान्य प्याराफिटतर्फ प्रि–क्वाटरफाइनल र क्वाटरफाइनलको टिकट मूल्य १ सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि ३ सय टिकट मूल्य राखिएको छ । भिआईपीतर्फ २ सय, ४ सय र ५ सय टिकट मूल्य राखिएको छ ।


 

काठमाडौं:   सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...

थप पढ्नुहोस्

पोखरा:  यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

थप पढ्नुहोस्