लोकतान्त्रिक तमु संघले तमु ल्होछारको शुभकामनासहित नवनिर्वाचित सांसदहरुलाई बधाई दियो
पाेखरा | पुस १५, २०७९
पोखरा: नेपाल लोकतान्त्रिक तमु संघले तमु समुदायको महान चाड, नयाँवर्ष तमु ल्होछार(हि ल्हो)–२०७९ आगमनको अवसरमा शुभकामना आदान प्रदान, नवनिर्वाचित सांसदहरुलाई बधाई एवम चियापान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष किरण गुरुङले कार्यक्रमको उद्घाटन गर्नुहुदै ल्होछार पर्व साँस्कृतिक एवम राष्ट्रिय पहिचानको पर्व भएको बताउनुभयो। उहाँले तमुवान गण्डकी सभ्यताको साँस्कृतिक एवम ऐतिहासिक सभ्यतालाई राज्यले आत्मसाथ गर्नुपर्दछ भन्नुहुदै तमु ल्होछारको शुभकामना व्यक्त गर्नुभयो।
यसरी नै नेकपा एमालेका केन्द्रिय सदस्य एवम कास्की क्षेत्र नं.२ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित बिद्या भट्टराईले शुभकामना व्यक्त गर्नुहुदै तमु ल्होछार समानता एवम साँस्कृतिक चाड भएको बताउनु भयो।
नेकपा एमाले केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भिम कार्कीले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै ल्होछार राष्ट्रियता, सँस्कृति र सभ्यताको चाड रहेको बताउनुभयो।
कार्यक्रममा मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपाबाट निर्वाचित सांसदहरु एमाले स्थायी कमिटी सदस्य एवम संगठन विभाग प्रमुख खगराज अधिकारी, मनबहादुर गुरुङ,विद्या भट्टराई, दामोदर बैरागी, बेदबहादुर गुरुङ श्याम, भिम कार्की, गणेशमान गुरुङ, देवका पहारी, राजकुमारी भुजेल, नन्दकला नेपालीलाई बधाईका साथै फेटा, भाङग्रा, खादा, धलेकसहित सम्मानपत्रले सम्मान गरिएको थियो।
नेपाल लोकतान्त्रिक तमु संघका अध्यक्ष बेदबहादुर गुरुङ श्यामको अध्यक्षता र महासचिव हुमबहादुर गुरुङको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष सर्मिला गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

