नाट्टाद्वारा हवाई दुर्घटनाप्रति शोक व्यक्त

काठमाडाैं | जेठ १६, २०७९

नाट्टाद्वारा हवाई दुर्घटनाप्रति शोक व्यक्त

काठमाण्डौँः       नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा ले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी ज्यान गुमाउने चालक दल तथा यात्रुहरुको निधनप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

    

शोक वक्तव्य जारी गर्दै घटनाले नाट्टा परिवारलाई स्तब्ध बनाएको भन्दै यस दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गरेको छ ।  मुस्ताङको थासाङस्थित सानसुरे भिरमा दुर्घटनाग्रत भई उक्त विमानमा सवार चालक दलका तीन तथा १९ यात्रुको निधन भएको थियो ।

  

 भौगोलिक बनावटका कारण नेपालको पर्यटन व्यवसायको विकास र विस्तारमा सुरक्षित हवाई सेवा एक आवश्यक पूर्वाधार भएको भन्दै नाट्टाले यस किसिमको हवाई दुर्घटनाले पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । साथै निकायले नेपालको हवाई सेवालाई बढी भरपर्दो र विश्वसनीय बनाउन आवश्यक हवाई सुरक्षाको मापदण्डमा कडाइ गर्न तथा जोखिम न्यूनीकरणका सबै मापदण्ड कार्यान्वयन गर्न संस्थाले आग्रह गरेको छ । स्वदेशी/विदेशी पर्यटकलाई विश्वासनीयताको अनुभूति निर्माण गर्न आवश्यक पहल गर्न हुन पनि सबै सम्बद्ध निकायसँग नाट्टालले जोड्दार माग गरेको छ ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्