राजनीतिमा फउल खेले आउट भइन्छ: ओली

काठमाडाैं | पुस १७, २०७९

राजनीतिमा फउल खेले आउट भइन्छ: ओली

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उनले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने बताए ।


दैनिक जीवनमा व्यवहारिक जीवनमा, लेनदेन कारोबारमा केहीमा पनि फउल खेल्न हुँदैन, राजनीतिमा पनि फल खेल्नु हुुँदैन’ उनले भने, ‘फउल खेल्यो भने एल्लो कार्ड, कहिले कहिले त रेड कार्ड नै पाउँछ ।’


ओलीले राम्रो खेलाडीले कहिल्यै फउल नखेल्ने बताए । राम्रो खेलाडीले गोल गर्छ, पोस्टमा हान्छ नराम्रो खेलाडीले अरुको खुट्टामा हान्छ । खुट्टामा हान्ने सफल हुँदैन, पोस्टमा हन्ने सफल हुन्छ’ उनले भने ।


समाजको कुनै पनि क्षेत्र अनुशासनमा चलेन भने सफल नहुने ओलीले बताए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्