डा.श्रेष्ठ स्वास्थ्य मन्त्रीका दावेदार, स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग भेटघाट

पाेखरा | पुस १८, २०७९

डा.श्रेष्ठ स्वास्थ्य मन्त्रीका दावेदार, स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग भेटघाट

पोखरा:  सरकारमा जाने नजाने अन्योलकाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा सहभागी भएको छ । २० सिट जितेर प्रतिनिधि सभामा आफ्नो बलियो उपस्थिति देखाएको स्वतन्त्र पार्टीले कति वटा मन्त्रालय र कुन कुन पाउँछ भन्ने एकिन टुङ्गो लागेको छैन । अहिलेसम्म गृह मन्त्रालय उक्त पार्टीका सभापति रवी लामिछानेले सम्हालेका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीसँग तीन जना चिकित्सक सांसद भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रास्वपाले पनि दाबी गरेको छ । उक्त पार्टीमा डा. चन्दा कार्की, डा. ढाका कुमार श्रेष्ठ र डा.तोसिमा कार्की सांसद छन् । तर, तीन मध्ये रास्वपाको सुरुवाती चरणदेखिको उपस्थिति श्रेष्ठको रहेको छ । अधिकारीहरू भन्छन्, श्रेष्ठले पार्टीलाई यो अवस्थामा ल्याउन ठूलो योगदान गरेका छन ्। अझ गज्जव त श्रेष्ठ पार्टी भित्र निर्वाचित प्रतिनिधि हुन् ।


प्रचारप्रसारमा खासै रुची नराखेका कारण अहिले उनि मन्त्री हुने चर्चामा ओझेल परेका छन् । रास्वपाकै सांसद श्रेष्ठ अरु डा. सासंद भन्दा अव्वल छन् ।


हुनत अहिलेसम्म स्वास्थ्य मन्त्रालयमा माओवादी, सङ्घीय समाजवादी, रास्वपाले दाबी गर्दै आएका छन् । यिनिहरूको तुलनामा बलियो सम्भावना रास्वपा कै रहेको छ । ‘रास्वप स्रोत भन्छ, ‘हामीले पार्टी जन्मिनु भन्दा अगाडी अभियानमा जोडिएका डा. ढाका कुमार श्रेष्ठलाई सम्मान स्वरुप स्वास्थ्य मन्त्रालय दिनुपर्ने छ ।’


डा. ढाका कुमार श्रेष्ठले पनि पार्टीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पठाएको खण्डमा कुसलता पूर्वक जिम्मेवारी बहन गर्ने बताएका छन् ।


‘म सिनियर व्यक्ति हुँ । सिनियर व्यक्ति भएको हिसाबले मैले जिम्मेवारी पाउँनु स्वभाबिक पनि हो’, डा. श्रेष्ठले भने । ‘तर, म मन्त्री बन्नकै लागि नेतृत्वलाई कुनै दबाव दिन्न ।’ आफूले स्वास्थ्य मन्त्री भए केके गर्ने भनेर खाका तयार पारेको पनि उनले सुनाए ।


डा. श्रेष्ठले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटघाट गरेका छन् । मन्त्रालयलले पाँच वर्षे कार्यकालमा गरेका राम्रा कामहरू र आउँदो वर्षका लागि गर्न बाँकी योजनाहरूको बारेमा समेत डा. श्रेष्ठले जानकारी लिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्


मन्त्रालयका अधिकारीसँगको भेट पछि डा. श्रेष्ठले भने, ‘हामी विज्ञ बन्नका लागि पहिला विज्ञ व्यक्तिहरूसँग छलफल, अन्तरक्रिया र परामर्श लिन आवश्यक छ । होइन भने अन्दाजको भरमा तथ्यभन्दा बाहिर र हावादारी गफ मात्र हुनेछ ।’

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्