एनसीसीसँग मर्जरपछि कुमारी बैंकको एकीकृत कारोबार सुरु
काठमाडाैं | पुस १८, २०७९
काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडलाई प्राप्ति (मर्जर) गरेपछि कुमारी बैंक लिमिटेडले आइतबारदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । यी दुवै बैंक १ः१ सेयर अनुपातमा मर्जरपछि कुमारी बैंक लिमिटेडको नाममा सञ्चालन हुने सहमति भएको थियो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा र ९साविक० नेपाल क्रेडिट एण्ड कमर्स बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने संयुक्त रुपमा एकीकृत कारोबारको उद्घाटन गरेका छन् ।
मर्जरसँगै चुक्ता पूँजी २६ अर्ब २३ करोड रूपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउन यो मर्जर उपलब्धि मुलक हुने बताए ।
यो मर्जर निकै सुखद् र सकारात्मक कदम रहेको भन्दै उनले सेवाग्राहीका लागि आगामी दिनमा आकर्षक सुविधाहरू ल्याउने बताए ।
मर्जरपछि कुमारी बैंकले ४१५ वटा स्थानहरूबाट सेवा प्रवाह गर्नेछ । जसमा ३०६ वटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा एटीएम संख्या ३४५ रहने छन् ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

