सात राउण्ड गोली र पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ
काठमाडाैं | पुस १८, २०७९
बारा: सात राउण्ड गोली र पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वीचम्पारण मोतिहारी–१६ घर बताउने ४० वर्षीय चन्दन कुमार रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले एउटा पेस्तोल र त्यसमा प्रयोग गरिने ७ राउण्ड गोलीसहित चन्दनलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका कुमारलाई पचरौता नगरपालिका–४ गुलरिया सीमा नजिकै शंकास्पद अवस्थामा देखेपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले चेकजाँच गर्दा सो समान बरामद भएको हो ।
कुमारको साथमा मोडल नम्बर २०२२ आरएफआइको एउटा पेस्तोलमा तीन राउण्ड गोली लोड, एउटा म्याग्जिन र चार राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक अम्बर बहादुर खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै, ११ हजार २७० भारतीय रुपियाँ, तीन वटा भारतीय आधार कार्ड र एउटा मोवाइल सेटसमेत बरामद भएको छ । पेस्तौलसहित पक्राउ परेका कुमारलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि सोही जिल्लाको महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै पुस ८ गते मोटरसाईकलमा आएका दुई जना अज्ञात व्यक्तिले भारत घर भएका ५० वर्षीय शिवपुजनप्रसाद यादवलाई गोली हानी फरार भएका थिए । सो घटनामा एक जना पक्राउ परेका छन् भने सशस्त्र प्रहरिले सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गरेको बारा प्रहरीले जनाएको छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

