निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष ६ महिना कैद फैसला
बाग्लुङ | पुस १९, २०७९
बागलुङः बागलुङ निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ ।
बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्ती माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर गर्दै आज बागलुङ जिल्ला अदालतका न्यायाधिस डा. दिवाकर भट्टको इजलाशले तीन वर्ष छ महिना कैद र ५० हजार जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सुर्य प्रसाद भण्डारीले जानकारी दिए ।
निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै घरबाट पक्राउ परेका घर्ती माथी लागेको लागूऔषध गाँजा÷चरेस सम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर गरेपछि आज कैद तोक्न आदेश दिइएको थियो । आदेश अनुसार आज न्यायधिस भट्टले कैद र जरिवाना फैसला गरेका हुन् ।
जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्ती माथी लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालिन अबस्थामै घरबाटै पक्राउ गरेको थियो ।
बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजारचरेसरनियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका घर्ती नेकपा एमालेका भुमिराज घर्तीलाई पराजित गर्दै निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

