सांसद आले र राईले आज शपथ लिँदै
काठमाडाैं | पुस १९, २०७९
काठमाडौं: नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार आज दुवै सांसदले दिउँसो १२ः३० बजे संसद् सचिवालयमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिनुहुनेछ ।
सांसद आलेको आमाको निधन भएपछि शपथ लिन पाउनु भएको थिएन । त्यस्तै, सांसद राई सुत्केरी भएपछि शपथ लिन पाउनुभएको थिएन । यसअघि पुस ८ गते महेन्द्र राय यादव र राजकुमार राईले शपथ लिनुभएको थियो ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

