नेपाल टी–२० लिग: विराटनगरलाई पराजित गर्दै काठमाडौं नाईट्सको चौथो जित

काठमाडाैं | पुस १९, २०७९

नेपाल टी–२० लिग: विराटनगरलाई पराजित गर्दै काठमाडौं नाईट्सको चौथो जित

काठमाडौं:  विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले पराजित गर्दै काठमाडौं नाईट्सले प्रतियोगितामा चौथो जित हात पारेको छ ।


खेलाडीको पारिश्रमिक विवादका कारण ढिलो गरी खेल सुरू भएकाले ९ ओभरमा घटाइएको खेलमा काठमाडौंले विराटनगरलाई ९३ रनको लक्ष्य दिएको थियो । तर विराटनगर खेल सकिन १ बल बाँकी छँदै ५८ रनमा अलआउट भयो ।


विराटनगरका लागि गौरान्सु शर्माले सर्वाधिक २२ रन बनाए । विवेक कुमार यादवले १२ र नन्दन यादवले ११ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाडौंका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । उनले अन्तिम ओभरमा लगातार २ विकेट लिनुका साथै सूर्य तामाङलाई रन आउट गराए ।


काठमाडौंका अनिल खरेल र सुनम गौतमले समान २–२ विकेट लिए । वसिर अहमद र अभिनाश बोहोराले समान १–१ विकेट लिए ।


यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ बनाएको थियो । काठमाडौंका सन्दीप रजालीले २२ बलमा २ चौका र २ छक्कासहित अविजित ३२ रन बनाए ।


कप्तान ज्ञानेन्द्र मल्ल ११ बलमा १ चौका प्रहार गर्दै १४ रनमा आउट हुँदा कमलसिंह ऐरी ५ बलमा २ छक्कासहित १४ रनमा अविजित रहे । एलेक्स ब्लेकले १३ रनको योगदान गरे ।


विराटनगरका नन्दन यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ८ रन राख्दै सर्वाधिक तीन विकेट लिए । हुसेन तलत र केयोन जोसेफले समान एक विकेट लिए ।


जितपछि काठमाडौंको ७ खेलबाट ८ अंक छ र उ तेस्रो स्थानमा छ । पराजित विराटनगर भने ७ खेलबाट ४ अंकमात्र बटुलेर तालिकाको पाँचौ स्थानमा छ ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्