अमेरिकी टिम बीवाईएससी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश
पाेखरा | पुस १९, २०७९
पोखराः सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
आज (मंगबार) पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्याङ्दी क्लबलाई पराजित गर्दै अमेरिकी टिम भुटनिज युथ स्पोट्स क्लब बीवार्ईएससी जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
६ पटकको आहा ! रारा पोखरा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङलाई आमन्त्रित अमेरिकी क्लब बीवाईएससीले १–० ले पराजित गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ ।
बीवाईएससीले पहिलो हाफको सुरुवातमै अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले हेक्टर ओर्टेगाले ब्याकमा फालिदिएको बल डिबक्सबाट रिसिभ गर्दै अवसरलाई गोलमा परिणत गरिदिएका थिए ।
दोस्रो हाफमा केहीसुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

