एघारौं पोखरा महोत्सवमा घोडसवार गराइने

पाेखरा | पुस २०, २०७९

एघारौं पोखरा महोत्सवमा घोडसवार गराइने

पोखरा:  एघारौं पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा हुने एघारौं संस्करणको पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको हो । 


घोडसवारको माध्यामबाट महोत्सवको अवलोकन संगै अमरसिंह नजिक रहेको पर्यटकीय गन्तब्यहरुमा पुग्न सकिने महोत्सव आयोजक  संस्था युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । बख्रेलका अनुसार हरेक महोत्सवहरुमा नया पन दिदै आइरहेको र एघारौं संस्करणको महोत्सवमा पनि घोडसवार संगै अन्य मनोरञ्जनका गतिविधी समेत रहने वताए । 


बख्रेलका अनुसार पोखरा महोत्सवको आयोजना गरी क्लवले मुख्य उद्देश्यका साथ अगाडि वढाएको खुल्ला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) पोखराको पचभैयामा निर्माणाधिन अवस्थामा रहेको छ । एघारौ पोखरा महोत्सव स्थल अमरसिंह चौरबाट महोत्सव अवधिभर चिडियाखाना अवलोकनको समेत ब्यवस्था मिलाइने बख्रेलले जानकारी दिए । 


महोत्सवको तयारी अन्तिम चरणमा पुगिसेको र महोत्सवमा स्थानिय उत्पादनको प्रदर्शनी एवं बिक्री, होमस्टेको प्रवद्र्धन, कृषि, हस्तकलाका सामाग्रीको प्रवद्र्धन एवं बिक्री संगै गण्डकी प्रदेशको कला संस्कृति झल्कने प्रस्तुतीहरु समेत रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।  
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्