प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण: मन्त्री थापा
पाेखरा | पुस २०, २०७९
पोखरा: गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनको समापन कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।
‘प्रेस मर्यादित हुन आवश्यक छ । जसका लागि यस सम्बद्ध संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । गलत सूचना पर्वाह गरी नागरिकलाई समस्यामा पार्ने बाटो तर्फ मिडिया लाग्न हुँदैन । अवलोकन र अनुगमन मिडिया क्षेत्रलाई पनि आवश्यकता छ ।’, उनले भने ।
मन्त्री थापाले प्रदेश सरकार प्रेसमैत्री कानून निर्माणको सवालमा सकरात्मक रहेको अभिव्यक्ति दिएका छन् । आमसंचार विधेयक सम्पूर्ण रुपमा तयार भइसकेको र अब पारित हुन मात्रै बाँकी रहेको उल्लेख गर्दै श्रमजीवि पत्रकारहरुको हक,हितका लागि दत्तचित्त भएर लाग्न उनको आग्रह छ ।
कार्यक्रममा निर्वाचन प्रतिनिधि रामप्रसाद दाहालले सहमति, सहकार्य र एकताको सवालमा श्रमजीवि पत्रकारको मुद्धामा प्रेस युनियन बोल्ने विश्वास व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष टंक अधिकारीले प्रेस युनियनको विधानलाई टेकेर विधानले निर्दिष्ट गरेका कामकारबाहीलाई पालना गर्दै संगठनलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्वाचन समिति संयोजक कपिलमणि दाहालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमलाई नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रिसीकान्त पौडेलले स्वागत गरेका थिए ।
प्रेस युनियन गण्डकीको प्रथम अधिवेशनबाट अध्यक्षमा टंक अधिकारी चयन भएका छन् । यस्तै उपाध्यक्षमा माधव रेग्मी र संगिता केसी, समावेशी उपाध्यक्ष शारदा झेडी, महासचिव प्रकाश ढकाल, सचिव नारायण रिजाल, महिला सचिव अन्जना तिमिल्सिना, समावेशी सचिव मोहम्मद अलि मिया, कोषाध्यक्ष सन्देश पौडेल, लेखा समिति संयोजक राधाकृष्ण डुम्रे चयन भएका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यमा शंकरराज नहर्की, गिता लामिछाने, सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, देवराज पुरी, प्रेम चन्द्र रौनियार, गोविन्द लामिछाने, गिता खत्री र निरज अधिकारी रहेका छन् ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

