स्याङ्जामा अति विपन्न परिवारलाई न्यानो कपडा वितरण
पाेखरा | पुस २०, २०७९
स्याङ्जा: जाडो बढेर जनजीवन प्रभावित भएपछि दलित उत्थान केन्द्र र अर्जुनचौपारी गाउँपालिकाले ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको केन्द्रका अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो ।
पालिकाको प्रत्येक वडाका पाँच पाँच जना अति बिपन्न तथा एकल दलित महिला छनौटगरी न्यानो कपडा वितरण गरिएको विश्वकर्माले बताउनुभयो । एक–एक सेट बिस्तारा प्रदान गरिएको उहाँले बताउनुभयो ।
न्यानो कपडा प्रदान गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विपन्न वर्गको उत्थानका लागि पालिकाले सहयोग गरेको बताउनुभयो । पालिकाले विपन्नको जनप्रतिनिधिको सुबिधा कटौती गरेर निःशुल्क स्वास्थ्य बीमा, निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताउदै तिवारीले पालिका बिपन्न र गरिबको हितमा रहेको बताउनुभयो ।
यस्तै, रुजी फाउण्डेशनले स्याङ्जाको गल्याङ नगरपालिका पनि वडा नं ८ को चण्डिका आधारभूत विद्यालयका लागि न्यानो कपडा वितरण गरेको छ । बिद्यालयको कक्षा ५ सम्मका ६५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

