टेस्ट अफ हार्मोनीको चौथो सँस्करण: धुनहरुमा दीपानारायण झा
पाेखरा | पुस २१, २०७९
काठमाण्डौ: पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराको आयोजनामा चौथो सँस्करणको साँगीतिक कार्यक्रम ‘टेस्ट अफ हार्मोनी’ हुने भएको छ । पुस २९ गते शनिबार पोखरा सभागृहमा हुने पछिल्लो सँस्करणको यो साँगीतिक कार्यक्रमको विशेष आकर्षणको रुपमा गायिका दीपानारायण झा रहनेछिन् । ुहार्मोनीुले दीपाप्रति सम्मान प्रकट गर्दै चौथो सँस्करणको आफ्नो कार्यक्रमको नाम नै ‘धुनहरुमा दीपानारायण झा’ राखेको छ ।
सदावहार गायिकाको छवि बनाएकी दीपानाराण झाले हार्मोनी पोखराको यो साँगीतिक कार्यक्रममा आफ्ना पुराना गीतहरु प्रस्तुत गर्नेछिन् । ‘पोखरेली संगीतप्रेमीहरुका लागि यो निकै गज्जब र उत्साहपूर्ण कुरा हो । विशेषगरि पोखरेली गायिकाहरुका लागि त झन् यो विशेष कार्यक्रमले ठुलो अर्थ राख्नेछ ।’ हार्मोनी पोखराका अध्यक्ष ईतु जोजिजुले भनिन ‘समग्र पोखराको लागि पनि यो साँगीतिक कार्यक्रम फलदायी हुने कुरामा हामी ढुक्क छौँ ।’
दीपानारायण झासँग स्टेज शेयर गर्दै उनले गाएका चर्चित सदावहार गीतहरु गाउने मौका पोखरेली गायिकाहरुले पाउनु भनेको ऐतिहासिक कुरा भएको जोजिजुले भनिन् । पुस २९ गते हुने साँगीतिक कार्यक्रममा दीपानारायण झासँगै पोखरेली गायिकाहरु ईतु जोजिजु, शितल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतिक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति श्रेष्ठले स्टेज शेयर गर्दै आफ्नो प्रस्तुती दिनेछन् ।
सो कार्यक्रममा विशेष सहयोगी गायकको रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुको प्रस्तुती रहने हार्मोनी पोखराले जनाएको छ ।
कुसुमे रुमाल, चिया बारीमा, ईशाराले बोलाउनु पर्दैन, मोहनी माया, उकालीमा अघि अघि, सम्झना बिर्सना लगाएतका दर्जनौ दीपानारायण झाले गाएका गीतहरु सो कार्यक्रममा प्रस्तुत गरिने आयोजकले बताएको छ ।
खासगरि साँगीतिक क्षेत्रमा महिलाहरुको पनि बलियो उपस्थिती देखाउन ुहार्मोनी पोखराुको स्थापना भएको हो । र, संस्था गठन भएसँगै यसले विभिन्न कार्यक्रमहरु समेत गरिसकेको छ । यसअगाडि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ, ‘टेस्ट अफ हार्मोनी’ र धुनहरुमा तारादेवी र अरुणा लामाु गरि संस्थाले तीनवटा सँस्करणका विशेष साँगीतिक कार्यक्रमहरु सफल बनाईसकेको छ । गायिकाहरुको एकतासँगै नयाँ पुस्ताका गायिकाहरुको लागि प्लेटफर्म तयार गर्न पनि यो संस्था विशेष रुपमा सकृय रहँदै आएको छ । गायिकाहरुको क्षेत्रमा विशेष ध्यान दिएर काम गर्ने संस्थाले यो बीचमा थुप्रै सम्मान तथा पुरस्कारहरु पनि पाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

