विमान दुर्घटना: सबै शव पोस्मार्टमका लागि त्रिवि शिक्षण पुर्याइयो

काठमाडाैं | जेठ १७, २०७९

विमान दुर्घटना: सबै शव पोस्मार्टमका लागि त्रिवि शिक्षण पुर्याइयो

काठमाडौं:    तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप २२ जनाको शव त्रिव शिक्षण अस्पतालमा लगिएको छ ।   यस अघि १० जनाको शव शोमबार बेलुकी काठमाडौं लगिएको थियो ।

 

आज  (मंगलबार) बाँकी रहेका १२ जनाको शव दुर्घटनास्थलबाट काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि लगिएको तारा एयरले जनाएको छ । 

 

तारा एयरका अनुसार पोस्टमार्टम पश्चात् शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने छ ।

 

आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा  दुर्घटनामा परेको थियो ।
 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्