बैङ्कको हाकिम भएको बताउँदै ठगी गर्ने एक पक्राउ
काठमाडाैं | पुस २१, २०७९

धनगढी: आफूलाई बैङ्क तथा वित्तीय संस्थाको हाकिम बताउँदै कैलाली, कञ्चनपुरमा ठगी गर्दै आएका नटवरलाल भनिने ३५ वर्षीय पदमराज भट्टलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
दार्चुलाको लेकम गाउँपालिका–१ का भट्टलाई वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरेको हो।
सशस्त्र प्रहरीका भगौडासमेत रहेका उनले डर, त्रास देखाएर ठगी गर्दै आएका थिए। यसैगरी, विभिन्न प्रलोभन देखाएर ललाई फकाई महिलाको अश्लील भिडियो बनाउने र उनीहरूलाई ‘ब्ल्याकमेल’ गर्ने गरेका थिए। उनी यसअघि पनि विभिन्न अपराधमा कारागार बसिसकेका व्यक्ति हुन्।
नटवरलाल भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो। उहाँले भट्टबाट ठगिएका पीडितलाई प्रमाणसहित जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आउनसमेत अनुरोध गर्नु भएको छ।
काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...
काठमाडौं: हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...