प्याराग्लाइडिङको नयाँ रुट: ‘मान्द्रेढुंगाबाट टेकअफ, पामेमा ल्यान्डिङ’
पाेखरा | पुस २२, २०७९
पोखरा: अंग्रेजी नयाँ वर्ष २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण पोखरा १८ सराङ्कोट र तोरीपानीबाट हुदै आएको प्याराग्लाइडिङ उडान अब मान्द्रेढुंगाबाट हुने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलका लागि कन्ट्रोल एयर स्पेसमध्ये बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइलभित्र पर्ने भएकाले मान्द्रेढुंगाबाहेक सराङ्कोट र तोरीपानी क्षेत्रलाई बन्द गरिएको हो ।
नागरिक उड्ययन प्राधिकरणले नेपाल हवाई खेलकुद सघं (ना) लाई पत्र पठाउँदै सराङ्कोट र तोरीपानीको रुट बन्द गर्न निर्देशन दिएको प्याराग्लाइडिङ व्यवसायी तथा नाका पूर्व महासचिव बलराम आचार्यले बताए ।
उनका अनुसार अब पोखरा महानगरपालिका २४ मान्द्रेढुंगाबाट प्याराग्लाईडिङ उडान हुनेछ भने शंखपुर पामे क्षेत्रमा अवतरण हुनेछ । यद्यपी यसअघि पनि मान्द्रेढुंगा क्षेत्रबाट उडान हुदै आएको थियो । तर सराङकोट, पहिलो प्राथमिकतामा र तोरीपानी दोस्रो प्राथमिकतामा रहदै उडान हुदै आएको थियो । ‘सराङ्कोट १ नम्बरमा, २ नम्बरमा तोरीपानी र तेस्रोमा बल्ल मान्द्रेढुंगा थियो, व्यवसायी आचार्यले सुनगाभा न्यूजसँग भने, ‘अब १ र २ नम्बरकै प्याराग्लाइडिङ जोन बन्द गर्ने पत्रपछि मान्द्रेढुंगाबाटै गर्ने भएका छौं ।’
उनले पहिलेको उडान क्षेत्रबाट करिब ४ किलोमिटरको दुरीमा स्थानान्तरण भएको सुनाए । ‘पहिलेको ठाउँबाट करिब ४ किलोमिटर पर हो मान्द्रेढुंगा । त्यहाँबाट उडेपनि ल्याण्डिङ पामेक्षेत्रमा हुन्छ ।’ आचार्यले भने ।
उनका अनुसार यतिबेला मान्द्रेढुंगामा पूर्वाधार निर्माणाधिन भएकै कारण केही दिनका लागि प्याराग्लाइडिङ बन्द छ । ‘अहिले मान्द्रेढुंगामा पूर्वाधार बन्दै छ, उनले भने, ‘त्यही भएर केही दिनका लागि बन्द छ । एक÷दुई दिनमै अब सञ्चालनमा आउँछ ।’
सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङ उडान सुरु गरिएको थियो । तर सन् २००० देखिमात्र कम्पनी स्थापना गरेर व्यवसायिक उडान भएको थियो ।
हालसम्म आइपुग्दा नेपाल हवाई खेलकुद सघं (ना) मा ६० प्याराग्लाइडिङ कम्पनी आवद्ध छन् भने ३ सय ५० प्यारापाइलटले उडान अनुमतिपत्र लिएका छन् ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

