संकटा र भुटनीज आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि भिड्दै
पाेखरा | पुस २३, २०७९
पोखराः सहारा क्लब पोखराको आयोजनामा जारी २२ औं आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र अमेरिकाको भुटानिज युथ स्पोर्टसबीच प्रतिस्पर्धा हुदैं छ । । उपाधिका लागि आज (शनिबार) पोखरा रंगशालामा १ः३० बजे प्रतिस्पर्धा हुनेछ ।
संकटाले विभागिय क्लब त्रिभुवन आर्मी र साविक विजेता एपिएफ क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । यी दुई खेलमा संकटाले कुल ७ गोल गर्दा २ खोल खाएको छ ।
भुटानिजले भने सर्वाधिक आहा गोल्डकप विजेता मनाङ मर्स्याङ्दी र पहिलो पटक आहा रारामा डेब्यु गरेको चर्च ब्वाइजलाई हराउँदै फाइनलको यात्रा गरेको हो । दुवै टिमलाई समान १–० को अन्तरमा हराएको हो । भुटानिजले दुई गोल गर्दा कुनैपनि गोल खाएको छैन ।
हिमश्री फुड्स प्रा. लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।
प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के.सी स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

