संकटा र भुटनीज आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि भिड्दै

पाेखरा | पुस २३, २०७९

संकटा र भुटनीज आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि भिड्दै

पोखराः   सहारा क्लब पोखराको आयोजनामा जारी २२  औं आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र अमेरिकाको भुटानिज युथ स्पोर्टसबीच प्रतिस्पर्धा हुदैं छ ।  । उपाधिका लागि आज (शनिबार) पोखरा रंगशालामा १ः३० बजे प्रतिस्पर्धा हुनेछ । 

 

संकटाले विभागिय क्लब त्रिभुवन आर्मी र साविक विजेता एपिएफ क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । यी दुई खेलमा संकटाले कुल ७ गोल गर्दा २ खोल खाएको छ ।


भुटानिजले भने सर्वाधिक आहा गोल्डकप विजेता मनाङ मर्स्याङ्दी र पहिलो पटक आहा रारामा डेब्यु गरेको चर्च ब्वाइजलाई हराउँदै फाइनलको यात्रा गरेको हो । दुवै टिमलाई समान १–० को अन्तरमा हराएको हो । भुटानिजले दुई गोल गर्दा कुनैपनि गोल खाएको छैन ।


हिमश्री फुड्स प्रा. लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।


सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।


प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के.सी स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्