चिसो बिदाको दुरुपयोग गर्दै शिक्षक विद्यार्थी भ्रमणमा

बारा | पुस २३, २०७९

चिसो बिदाको दुरुपयोग गर्दै शिक्षक विद्यार्थी भ्रमणमा फाइल तस्बिर

बारा:  तराईमा शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि बारा, पर्सा र रौतहटलगायतका जिल्लामा अधिकांश सामुदायिक तथा निजी विद्यालयमा बिदा दिइएको छ । 


चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित हुन थालेको तथा बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विभिन्न जिल्लाका पालिकाहरूले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन् । 


यता चिसोको बिदालाई एउटा सामुदायिक विद्यालयले बिद्यार्थीहरुको जिउ, ज्यानको डर नमानी चार दिनको बिदालाई सदुपयोग गर्दै (टुर) भ्रमणमा निस्केका छन् । तराईका जिल्ला भन्दा पहाडमा गर्मीको महसुश हुने गरेको भ्रमणमा गएका कलैया उपमहानगरपालिका–१३ स्थित रहेका नेपाल राष्ट्रिय आधारभूत विद्यालय बलिरामपुरका प्रधानाध्यापक अवधकिशोर गिरीले बताउनुभयो ।


यातायात, बास, खाना, खाजा बापत प्रति विद्यार्थी एक हजार ५ सय रकम उठाउँदा ८४ हजार भएको र बाँकी रकम करिब ८० हजार विद्यालयबाट खर्चमा व्योहोरिने छ । कक्षा ७ र ८ का ५६ जना छात्रछात्रा तथा ८ जना शिक्षक र अन्य सहयोगी गरी ६८ जना एउटै बसमा सवार भई चार दिनको बिदामा पोखरा, मनकामना, सौराहा, देवघाटलगायतका ठाउँमा भ्रमणमा निस्केको उहाँले जानकारी दिनुभयो ।


कठ्याग्रिदो चिसोबाट बाँच्न बिना काम घर बाहिर ननिस्कन चिकित्सक तथा मौसम विभागले पटक पटक आग्रह गरे पनि त्यसको प्रवाह नगरी प्रधानाध्यापक गिरीले बिद्यार्थीहरुलाई उचालेर भ्रमणमा गएको कार्य अहिले उचित नभएको वडा अध्यक्ष राजेश महथा खत्रीले बताउनुभयो । एउटै गाडीमा सिट सङ्ख्या भन्दा दोब्बर सवार भई चिसोमा किन भ्रमण गएको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोरिक यादव र प्रधानाध्यापक गिरीले जवाफ दिने हो, वडाध्यक्ष खत्रीले बताउनुभयो ।  


कलैया उपमहानगरपालिकामा ७२ वटा सामुदायिक तथा ३४ वटा निजी विद्यालयमा समेत जाडो बिदा दिइएको छ । जाडोमा के, कसले के गरी रहेको बारेमा अभिभावकहरूले पनि जानी राख्नु विषय रहेको छ । सबैको जिम्मेवारी मैले एक्लै गरेर पनि सम्भव हुन नसक्ने कुरा रहेको शिक्षा शाखा संयोजक प्रह्लाद वर्णवालले भन्नुभयो । चिसो बिदामा बालबालिकालाई केही नहोस् भनी बिदा गरिएको छ, कोठा वा घरभित्र पठनपाठनमा समस्या सिर्जना हुने, तर, खुल्ला आकाश मुनी टुर, भ्रमण गर्न बच्चालाई पैसा दिने र घुम्दा केही नहुने यस्ता गैर जिम्मेवारी पूर्ण कार्यमा अभिभावकहरूले सहयोग गर्ने गरेका उहाँले बताउनुभयो । 


भ्रमणको जानकारी मलाई थाहा नभएको तथा जानकारी आएमा मैले स्वीकृत नगर्ने थिए । अब, कसरी सो विद्यालयका प्रधानाध्यापक गिरीले साना साना बालबालिकालाई पहाडको भ्रमण गर्न निस्केका हुन, उसैले जवाफ दिने हो, हुन त, निजी विद्यालयहरूले पनि पालिका प्रमुखको केही कमीकमजोरीका कारण पालिकाको आदेश अटेर गर्दै आएका शिक्षा संयोजक वर्णवालले भन्नुभयो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्