एनभिए च्याम्पियनसिपः महिलातर्फ विभागीय नेपाल पुलिस र आर्मी क्लबको विजयी शुरुवात
पुरुषतर्फ नेपाल पुलिस क्लब र न्युटन भलिबल एकेडेमी खेल्दै
काठमाडाैं | पुस २४, २०७९

काठमाडौंः काठमाडौंमा आज (आइतबार)देखि शुरु भएको सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विगागीय क्लब नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज(आइतबार) भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले नयाँ बजार समाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
पुलिसले २५–१०, २५–६ र २५–८ को सोझो सेटमा नयाँ बजार सामाजिक युवा क्लबलाई पराजित गरेको हो । जितसँगै समुह ‘ए’मा पुलिसले ३ अंक जोडेको छ, नेपाल पुलिस क्लबकी उषा भण्डारी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । यो समूहमा पुलिससँगै होङग्वान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब र नयाँ बजार रहेको छ ।
यस्तै आज नै भएको दोस्रो खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा त्रिभुवन आर्मी क्लबले कृष्ण सेकेन्डरी एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । आर्मीले कृष्णमाथि २५–३, २५–५ र २५–१० को सेटमा पराजित गरेको हो । आर्मीकी सृष्टि खड्गी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् ।
पहिलो जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंक जोडेको छ । यो समूहमा आर्मीसँगै एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेन्डरी एकेडेमी रहेको छ ।
आज पुरुषतर्फ नेपाल पुलिस क्लब र न्युटन भलिबल एकेडेमी तथा त्रिभुवन आर्मी क्लब र दावाली मिलान क्लबबीच प्रतिस्पर्धा हुँदैछ । माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ ।
पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फ (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...