पोखरा १९ मा निस्शा वितरण शुरु
पाेखरा | पुस २४, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं १९ ले वडा भित्रका दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेका परिवारलाई जग्गा धनी दर्ताको निस्शा वितरण शुरु गरेको छ।
राष्ट्रिय भुमि आयोगको निर्देशिको अनुसुची ६को प्रयोजनको लागि सुकुम्बासी समस्या समाधान आयोगको सिफारिस अनुसार त्यस वडाका ३ सय ८ परिवारलाई निस्सा वितरण शुरु गरिएको वडा सचिव श्रीराम पौडेलले जानकारी दिनुभयो।
वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रमकाबीच वडाध्यक्ष पुष्पेन्द् पाण्डेले निस्सा वितरण कार्यको थालनी गर्नुभएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले सरकारले शुरु गरेको अभियानलाई सार्थक बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले पोखरा १९ मा कोही पनि भुमि हिन हुनुपर्ने अवस्था नआउने गरी आफुहरुले काम गर्ने बताउनुभयो।
कार्यक्रममा एमाले पोखरा १९ का सचिव विकास गौतम, नेपाली कांग्रेसका विष्णु प्रसाद बास्तोला, वडा कार्यालयका सुर्य बहादुर नेपाली , वडा सदस्य दुर्गा देवी बस्नेत, विकास आचार्य, वडा सदस्य कल्पना सुनार लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन सचिव श्रीराम पौडेलले गर्नुभएको थियो। उक्त वडामा ३०८ जना भुमि हिन दलित, भुमि हिन सुकुम्बासी, र अव्यवस्थित बसोबास गरेका छन्। कार्यक्रममा निस्सा प्राप्त गरेकाले अव छिट्टै जग्गा धनी प्रमाण पुर्जा पाउने विस्वास व्यक्त गरेका छन्।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

