पदमुक्त हुनुअघि अर्थमन्त्री बरालले भने– ‘आर्थिक अनुशासनका लागि फाइल रोकेको हुँ’
पाेखरा | पुस २४, २०७९
पोखराः गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’ले आर्थिक अनुशासनलाई मध्यनजर गर्दै अर्थ मन्त्रालयमा फाइल रोकिएको बताएका छन् ।
गण्डकी प्रदेशको अर्थमन्त्री बरालले पदमुक्त हुन अघि आज (आइतबार) पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । ‘मन्त्रालयमा ऐन नियममा रहेर फाइल रोकेको सत्य हो, ऐन नियममा जुन कुरा उल्लेख गरिएको छ त्यसलाई पालना गर्न अभ्याससमेत भएको हो, बरालले भने, ‘ऐन नियम संसोधन गरेर आएको भए यस्तो हुने थिएन त्यसैले आर्थिक अनुशासनलाई मध्यनजर गर्दै केही योजनाको फाइल रोकिएको हो ।’
उनले प्रदेशका कुनै पनि मन्त्रीहरुसँग सम्बन्धमा कुनैपनि व्यक्तिगत पुर्वाग्रह नरहेको बताए । ‘काममा हिसाबमा कुनै पनि मन्त्रीसँग सम्बन्धमा तागरता आयो होला, उनले भने, ‘व्यक्तिगत रुपमा कसैसँग पनि कुनै सम्बन्धमा तागरता आएको छैन् ।
मन्त्री बरालले १८ महिना गण्डकी प्रदेशको अर्थमन्त्रालयमा समुन्नत र समृद्ध प्रदेश निर्माण गर्ने अभियानमा टेवा पु¥याएको बताए ।
‘केन्द्रीय राजनीतिमा आएको फेरबदलसँगै गण्डकी प्रदेशमा पनि त्यसको प्रभाव प¥यो, उनले भने, करिब १८ महिनाको कार्यकालमा प्रदेशको आन्तरिक राजश्वको आधार सृदृढ गर्दै वित्तिय स्रोतको प्रभावकारी र समुचित उपयोगबाट आर्थिक सन्तुलन गर्दै समुन्नत र समृद्ध प्रदेश निर्माणको अभियानमा टेवा पु¥याउन सफल भएको छु ।’
उनले पदमुक्त हुनुअघि आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई सोही पत्रकार सम्मेलनमार्फत धन्यवाद समेत व्यक्त गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

