लामिछाने र बस्नेत ‘गोल्डकपको महापण्डित’
पाेखरा | पुस २५, २०७९
पोखराः रेडियो अन्नपूर्ण पोखराद्धारा आयोजित गोल्डकप महापण्डितका विजेता पोखरा ११ फूलबारीका बिजय लामिछाने र पोखरा ३२ का बादल बस्नेत बन्न सफल भएका छन् ।

पोखरामा पुस १४ गते देखि २३ गतेसम्म सञ्चालन भएको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला ? भन्ने प्रश्नमा अनुमानित सहि उत्तर दिने स्रोताहरुमा गोलाप्रथाबाट लामिछाने र बस्नेत विजेता बन्न सफल भएका हुन् ।
आइतबार रेडियोमा आयोजित एक विशेष कार्यक्रममा उनिहरुलाई रेडियोका अध्यक्ष विश्वशंखर पालिखे, प्रवन्ध निर्देशक विजेश पालिखे, स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, सहारा क्लब पोखराका पुर्व अध्यक्षय बिक्रम थकाली, महासचिव रामजीप्रसाद अधिकारी, हिमश्री फुड्स प्रालिका सेल्स म्यानेजर बमबहादुर बराल, कर्मचारी माधव लम्साल, वान स्टप इलेक्ट्रोनिक्सका सञ्चालक रविराज भुर्तेल, बिजि इलेक्ट्रोनिक्सका भरत केसी, नबिल बैंक गण्डकी प्रदेश प्रमुख सूर्य रोक्का, रेडियोका मार्केटिङ म्यानेजरद्धय नारायण पौडेल र निराजन पौडेलले संयुक्त रुपमा दुबै जनालाई ३२ इन्चको वेगा र टिसिएल कम्पनीको टेलिभिजन र एक, एक काटुर्न रारा चाउचाउ हस्तान्तरण गरेका हुन् ।
प्रतियोगिता अवधिभर रेडियोले हरेक दिन साँझ ७ः४५ देखि ८ः४५ सम्म नबिल बैंक आहा ! रारा पोखरा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरेको थियो ।
यस्तै हरेक दिनको प्रश्नको सही उत्तर दिने मध्येबाट अनुमानित सहि उत्तर दिने स्रोताहरु मध्येबाट सेभेन बी फोनजोन बुद्ध विशाल बजारको तर्फबाट १ थान मोबाइल सेट र हिमश्री फुड्स प्रालिद्धारा उत्पादित १ कार्टुन रारा चाउचाउ प्रदान गरएिको थियो ।
कार्यक्रममा बोल्दै नबलि बैंक गण्डकी प्रदेशका प्रमुख सूर्य रोकाले काठमाडौं बाहिरको सबैभन्दा उत्कृष्ट प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपमा सहकार्य गर्न पाउँदा निकै खुसि लागेको बताए ।
रोकाले यस प्रकारका प्रतियोगिताले बजारलाई चलायमान बनाउन सहयोग गर्ने बताए । उनले आगामी दिनमा पनि रेडियोले गर्ने सामाजिक कार्यमा सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।
वान स्टप इलोक्ट्रोनिक्स पोखराका सञ्चालक भुर्तेलले लोकप्रिय रेडियोमार्फत जोडिन पाएकोमा खुशी व्यक्त गरे । उनले भविष्यमा पनि सहकार्य हुने बताए ।
हिमश्री फुड्सका सेल्स म्यानेजर बमबहादुर बरालले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए ।
बिजि इलेक्ट्रोनिक्सका केसीले रेडियोको कार्यक्रम गोल्डकप महापण्डितसगँ जोडिन पाउँदा खुसि लागेको बताए । उनले सहकार्यलाई निरन्तरता दिने जनाए ।
सहारा क्लब पोखराका पुर्ब अध्यक्ष थकालीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र रेडियोको कार्यक्रमले प्रतियोगिताको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।
रेडियोका अध्यक्ष बिश्वशंखर पालिखेले कार्यक्रममा सहकार्य गर्ने सम्पूर्ण आयोजक तथा प्रयोजकहरुलाई धन्यवाद दिए ।
सहारा क्लब पोखराको आयोजनमा पुस १४ गते देखि २३ गतेसम्म सञ्चालन भएको आरा ! रारा पोखरा गोल्डकपमा १० टिमको सहभागिता रहेको थियो ।
संकटा क्लव र भुटनिज युथ क्लवबिचको खेलमा संकटाले ३–२ ले हराउदै उपधि जित्न सफल भएको थियो ।
उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाख प्राप्त ग¥यो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

