ठेक्का तोड्ने सूचनापछि काममा फर्किए ठेकेदार
पाेखरा | पुस २६, २०७९
म्याग्दी: राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम –कोरला सडकअन्तर्गत पुल र सडक निर्माणको ठेक्का सम्झौता गरी निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएका निर्माण व्यवसायी (ठेकेदार) काममा फर्कन थालेका छन्।
पुसको पहिलो हप्ता आयोजनाले पुल र सडक निर्माणको ठेक्का लिएर लामो समय योजना अलपत्र पार्ने आठवटा निर्माण कम्पनीलाई तत्काल काममा नफर्किए ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनीसहित सार्वजनिक सूचना जारी गरेको थियो। सो सूचना जारी भएसँगै ती निर्माण कम्पनीका सञ्चालकले कार्यस्थलमा फर्किएर काम थालेको आयोजनाले जनाएको छ। निर्माण व्यवसायीहरू आयोजनाको सम्पर्कमा आएर सम्झौताअनुसार काम गर्ने प्रतिबद्धता जनाएको आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो।
“आयोजना निर्माणमा ढिलासुस्ती गर्ने र अलपत्र पार्ने निर्माण कम्पनीलाई ठेक्का तोडेर कालोसूचीमा राख्नेसम्मको चेतावनीसहितको सार्वजनिक सूचना जारी गरेका थियौँ,” आयोजना प्रमुख प्रजापतिले भन्नुभयो,” “सूचना जारी भएपछि सम्पर्कमा आएका छन्। कतिपयले काम पनि थालिसकेका छन्। मुस्ताङको माथिल्लो भेगमा अत्यधिक चिसो भएकाले माघको दोस्रो हप्तादेखि काममा फर्किने प्रतिबद्धता जनाएका छन्।” आयोजनाको सम्पर्कमा आएका निर्माण व्यवसायीलाई अन्तिम पटक लिखित प्रतिबद्धतासमेत गराइएको उहाँले बताउनुभयो। जोमसोम–कागबेनी सडक कालोपत्रे योजनाका ठेकेदारले काम थालेको उहाँले बताउनुभयो। १३ किमि अस्फाल्ट प्रविधिको कालोपत्रे सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायी रौताहा आत्रेय सारस जेभीले मजदुर र उपकरण परिचालन गरी काम थालेको उहाँले बताउनुभयो।
यसैगरी बेनी–जोमसोम सडकको खण्ड–२ र ३ को जिम्मा पाएको शर्मा गजुरमुखी जेभी, लार्जुङ र कैकु खोला पुलको ठेक्का लिएको गणपति ग्रुप अफ कन्स्ट्रक्सन पनि सम्पर्कमा आएको उहाँले बताउनुभयो। मार्फा, छुसाङ र घमी पुलको जिम्मा लिएको हिमढुङ ठोक्कर इमोटल जेभी, चराङ पुलको सम्झौता गरेको काष्ठमण्डप कन्स्ट्रक्सन र कागबेनी पुलको कन्स्ट्रक्सन गल्वा रफिना जेभीलाई तत्काल काममा फर्किन आयोजनाले सार्वजनिक सूचना जारी गरेको थियो।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

